Section 47
खारेजी र बचाउ
(१) वातावरण संरक्षण ऐन, २०५३ खारेज गरिएको छ।

(२) वातावरण संरक्षण ऐन, २०५३ बमोजिम भए गरेका काम कारबाही यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।

(३) वातावरण संरक्षण ऐन, २०५३ बमोजिम कुनै निकाय वा पदाधिकारी समक्ष कुनै निवेदन वा उजुरी परी विचाराधीन रहेको भए त्यस्ता उजुरी वा निवेदन सोही ऐन बमोजिम टुङ्गो लगाउनु पर्नेछ।